अनिल बानिया असार ३
चितवन यतिवेला #Justiceforsabitabhandari ह्यासट्याग ले तातेको छ । एउटा अवला नारी सबैतिरबाट प्रताडित भएर आत्महत्या हो या मृत्यु यसको मुद्दा चितवन जिल्ला अदालतमा वहस हुदै छ बिचाराधिन रहेको छ । वैशाख ४ गते घटेको घटना जेठ महिनाभरि अत्याधिक रुपमा चर्चा र ब्यापक आन्दोलन भैरहेको छ र देशैभरिबाट यस विषयमा सबैले सामाजिक सन्जाल र युटुब लगाएत सोसियल साइडमा सबैले यो केस मा आफ्ना विचार र धारणा राखिरहेका छन । मोफसल मा रहेर घरेलु हिसा , लौगिक हिसा ,चेलिबेटि बेचबिखन ,लगाएत अहिले सम्म ११३१ यस्तै प्रकारका घटनामा परेकाहरुलाइ न्याय को निमित्त आवाज उठाएर धेरै जसो मुद्दाको किनारा लगाउन आफुलाइ जोखिम मोलेर पिडितलाइ न्याय दिलाउनु भएकि महिला अधिकार कर्मि चितवनको पुरानो सस्था आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालकि अध्यक्ष मीना खरेल ले स्व: सविता भण्डारि बारे आफुले आवाज उठाइरहेको र अझै सशक्तता साथ यो वारेमा अझै परिवारिक सम्बन्ध र छिमेकी सित पुगेरै विस्तृत जानकारी लिने बताउनु भएको छ । मिडियाहरु ले यसबारे सबैको विचार र आवाज राखेको छ त्यसलाइ मैले पनि हेरि रहेको छु । अबका दिनमा यसवारे जिल्ला का उच्च प्रशासनिक सयन्त्रसित कुराकानी चलिरहेको छ , अब यो विषय अदालत मा पुगेको हुदा न्यायको निमित्त मैले पनि यसबारे सविता बैनिको आत्माको शान्ति को कामना सहित उनलाइ न्याय दिन लाग्ने छु भन्नु भयो ।
स्व: सविता भण्डारि मृत्यु प्रकरणमा यौनजन्य हिसा विरुद्दको साझा अभियान चितवन सयुत्त रुपमा अगाडि बढ्दै ।
चितवनमा बैशाख ४ गते घटेको घटना बारे सामाजिक सन्जालहरुमा स्व: सबिता भण्डारि मृत्यु प्रकरणको घटना बारे महिला अधिकार कर्मि मीना खरेलको सयोजकत्वमा चितवनका महिला अधिकारकर्मीहरुको एउटै आवाज रहने गरि यस घटनाको सत्य तथ्य र निष्पक्ष बुझ्ने बारे मृतक सविताको आमा , वुवा र बैनि सहित यौन जन्य हिसा विरुद्द को साझा अभियान चितवनकि सह - सयोजक सगिता भट्टराइ , मेचि महाकालि बुहारि सयुत्त आवाज चितवनकि सयोजक महेश्वरि खडका थापा ,आदर्श नारि विकास केन्द्रकि उपाध्यक्ष उषा खरेल सुबेदि , आदर्श गृह नेपालकि आमा भिम कु जिसि , मिसन मेडियाकि सिन्धु ढकाल , अधिकारकर्मी साबित्री आचार्य , इन्दु गुरुङ मन्जु खाड केमिका घिमिरे , कल्पना पौडेल सहितको टोलि स्व: सविता भण्डारिको मुद्दा हेरिरहनु भएका कानुन ब्यवसायि गोपिलाल देवकोटा , कानुन सहायता समितिका अधिबक्त्ता गोमा न्यौपाने , अधिबक्त्ता कृष्ण पन्त सित छलफल भएको छ ।" नारि सामान होइन सम्मान हो " । कुनै पनि घटनाहरु अतिरन्जित बनाइनु हुदैन त्यसमाथि महिला को सवालमा अझै बढि यस्ता घटना बढोत्तरि भएकोमा आफु लगाएत सबै महिला अधिकारकर्मि दुखित भएको र यसलाइ चरणबद्द रुपमा अगाडि बढाउने सयोजक मीना खरेलले बताउनु भएको छ ।